क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक औषधि वितरण « Khabarhub

क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक औषधि वितरण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान- प्यूठानको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका अनुसार ६७ स्थलका क्वारेन्टाइनमा रहेका ६०९ जनालाई औषधि दिइएको हो । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयको वैशाख १५ गते सम्पन्न बैठकको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको स्रोत सामग्री–२०७७ अन्तर्गत रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शिशिर पोख्रेलले जानकारी दिए ।

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङबाट प्राप्त र आयुर्वेद स्वास्थ्य केन्द्रले निर्माण गरेका अमला, गुण्डुची, यष्ठिमधु, निम, हर्रो, पाषणवेदलगायत चूर्ण क्वारेन्टाइनका व्यक्तिलाई वितरण गरिएको हो ।

प्रशासन,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मनोविमर्श परामर्शकर्ता, योग प्रशिक्षण केन्द्रका प्रतिनिधिलगायतको उपस्थितिमा अभिमुखीकरण गरी औषधि दिइएको हो । क्वारेन्टाइनमा रहेका सुत्केरीलाई सतावरी चूर्ण तथा दशमूल तेलका साथै ज्येष्ठ नागरिकलाई अश्वगन्धा चूर्णसमेत प्रदान गरिएको छ ।

मल्लरानी गाउँपालिकाका ४९, झिमरुक गाउँपालिकाका ८७, गौमुखी गाउँपालिकाका ११४ , स्वर्गद्वारी नगरपालिकामा ७३ र माण्डवी गाउँपालिकाका ४९ जना क्वारेन्टाइन छन् ।

त्यसैगरी प्युठान नगरपालिकामा १५८, ऐरावती गाउँपालिकामा २६ र सरुमारानी गाउँपालिकामा १८ जनालाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ । क्वारेन्टाइनमा रहेका चार सुत्केरी र सात ज्येष्ठ नागरिकलाई पनि औैषधि वितरण गरिएको निमित्त प्रमुख पोख्रेलको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ०५ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका