क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक औषधि वितरण | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक औषधि वितरण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान- प्यूठानको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका अनुसार ६७ स्थलका क्वारेन्टाइनमा रहेका ६०९ जनालाई औषधि दिइएको हो । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयको वैशाख १५ गते सम्पन्न बैठकको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको स्रोत सामग्री–२०७७ अन्तर्गत रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शिशिर पोख्रेलले जानकारी दिए ।

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङबाट प्राप्त र आयुर्वेद स्वास्थ्य केन्द्रले निर्माण गरेका अमला, गुण्डुची, यष्ठिमधु, निम, हर्रो, पाषणवेदलगायत चूर्ण क्वारेन्टाइनका व्यक्तिलाई वितरण गरिएको हो ।

प्रशासन,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मनोविमर्श परामर्शकर्ता, योग प्रशिक्षण केन्द्रका प्रतिनिधिलगायतको उपस्थितिमा अभिमुखीकरण गरी औषधि दिइएको हो । क्वारेन्टाइनमा रहेका सुत्केरीलाई सतावरी चूर्ण तथा दशमूल तेलका साथै ज्येष्ठ नागरिकलाई अश्वगन्धा चूर्णसमेत प्रदान गरिएको छ ।

मल्लरानी गाउँपालिकाका ४९, झिमरुक गाउँपालिकाका ८७, गौमुखी गाउँपालिकाका ११४ , स्वर्गद्वारी नगरपालिकामा ७३ र माण्डवी गाउँपालिकाका ४९ जना क्वारेन्टाइन छन् ।

त्यसैगरी प्युठान नगरपालिकामा १५८, ऐरावती गाउँपालिकामा २६ र सरुमारानी गाउँपालिकामा १८ जनालाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ । क्वारेन्टाइनमा रहेका चार सुत्केरी र सात ज्येष्ठ नागरिकलाई पनि औैषधि वितरण गरिएको निमित्त प्रमुख पोख्रेलको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ०५ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना