टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- टिपरको ठक्करबाट झापाको दमकमा आज बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

दमक–५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८.१५ बजेतिर को१ख ५५२४ नंको टिपरको ठक्करबाट दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

तीव्रगतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा दर्जीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ वर्षीय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ४० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा