कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधिको प्रयोग « Khabarhub

कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधिको प्रयोग


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि समेत प्रयोग गरिएको खुलेको छ ।

संक्रमितको रगत बाक्लो हुँदै डल्लो नै परेको पाइएपछि चिकित्सकहरुले रगत पातलो बनाउने औषधि पनि प्रयोग गरेको पाइएको छ ।

चिकित्सकहरूका अनुसार रगत पातलो बनाउने औषधि सामान्यतया हृदयघात भएपछि ‘प्राइमरी एन्जियोष्लाष्टि’ हुन नसक्ने अवस्थामा मुटुसम्म रगत पास गर्न चलाइने गरिएकोमा त्यहाँ कोरोनाको उपचारमा पनि रगत पातलो बनाउने औषधि प्रयोग गरिएको खुलेको हो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीको प्रतिवेदनमा कोरोनाका गम्भीर रोगीको शरीरमा रगतको डल्ला बनिरहेको र त्यसले ज्यान लिने गरेपछि रगत पातलो बनाउने औषधि चलाइएको उल्लेख छ । उक्त औषधि चलाइएपछि आधा जस्तो संक्रमित मृत्यु हुनबाट जोगिएका छन् ।

माउन्ट सिनाई कार्डियोभास्कुलर इन्स्टिच्युटका प्रमुख डाक्टर भ्यालेन्टाइन फोस्टरका अनुसार रगत पातलो बनाउने औषधि दिँदा मर्नेको संख्या घटेर आधा भएको छ ।

अमेरिकाको एटलान्टा राज्यको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमअन्तर्गतका १० अस्पतालमा भर्ना भएका मानिस रगतमा डल्लो परेर मरेको पाइएको बताइएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ०३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल