काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । धुलिखेल अस्पतालमा भएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमित बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष रहेका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ ।
नरायणी अस्पतालको स्रोत अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड १९ का बिरामी उपचाररत छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइनस्थल र घरमै छन् । हिजोसम्म देशभर २ सय १७ संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए ।
प्रतिक्रिया