वीरगञ्जमा एक सयभन्दा बढी पत्रकारको कोरोना परीक्षण गर्न नमूना संकलन « Khabarhub

वीरगञ्जमा एक सयभन्दा बढी पत्रकारको कोरोना परीक्षण गर्न नमूना संकलन


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जमा दुईजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको पनि कोरोना परीक्षण प्रक्रिया सुरू भएको छ ।

नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन गरिएको छ ।

डा सिंहका अनुसार आज बिहान १ सय १० जना पत्रकारको नमूना संकलन गरी प्रयोगशालमा परीक्षण सुरू गरिएको छ ।

‘हिजो दुइजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि आज वीरगञ्ज क्षेत्रका पत्रकारहरुको पनि नमूना संकलन गरिएको छ,’ डा सिंहले खबरहबसँग भने, ‘बिहानदेखि अहिलेसम्म १ सय १० जनाको नमूना संकलन भइसकेको छ ।’

डा सिंहका अनुसार अझै १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी छ । आज संकलन गरिएका पत्रकारहरुको थ्रोड स्वाबको नमूना केही नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिने र बाँकीलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भएको डा सिंहको भनाई छ ।

वीरगञ्जमा हिजो (मंगलबार) मात्र दुईजना पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ५१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि