आइसोलेन वेड अभाव भएपछि पर्साका १८ जना कोरोना संक्रमित घरमै « Khabarhub

आइसोलेन वेड अभाव भएपछि पर्साका १८ जना कोरोना संक्रमित घरमै


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार साँझ संक्रमण पुष्टि भएका पर्साका १८ जना कोरोना संक्रमितलाई अझै अस्पताल लगिएको छैन ।

नारायणी अस्पतालमा वेड क्षमता भन्दा बढी संक्रमित भएपछि मंगलबार साँझ संक्रमण पुष्टि भएका पर्साका १८ जना कोरोना संक्रमितलाई अस्पताल लगिएको छैन ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार अस्पतालमा आइसोलेसन वेड अभाव भएपछि उनीहरुलाई घरमै राखिएको छ ।

‘हाम्रो अस्पतालमा संक्रमित धेरै भएपछि वेड खाली नै छैन,’ डा सिंहले खबरहबसँग भने, ‘वेड अभावका कारण हिजो राति संक्रमण पुष्टि भएका सबै संक्रमित अहिलेसम्म घरमै हुनुहुन्छ ।’

डा सिंहका अनुसार नारायणी अस्पतालमा ७० वेड रहेकोमा सबै संक्रमितले भरिइसकेको छ ।

अस्पतालमा वेड अभाव भएपछि नयाँ संक्रमितलाई आइसोलेसनमा राख्न विकल्प खोज्न अस्पतालले प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइसकेको छ ।

‘हाम्रो अस्पतालमा ठाउँ अभाव भएपछि हामीले नयाँ संक्रमित राख्ने ठाउँ छैन भनेर केन्द्र सरकार र प्रदेश सरकारलाई संक्रमित राख्ने ठाउँ छैन भनेर सुचना दिइसकेका छौं,’ डा सिंहले भने, ‘अब प्रदेश र केन्द्र सरकारले अर्को स्थानमा आइसोलेसन व्यवस्थापन गरेपछि मात्र घरमा रहेका संक्रमितहरुलाई आइसोलेसनमा राखिन्छ होला ।’

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार राति पर्सामा मात्र १८ जना नयाँ संक्रमित थपिएका थिए । मंगलबार साँझ मात्र २२, २८, २८, ३२, ४५ र ६० वर्षीया ६ जना महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१ र ६१ वर्षीया ११ जना पुरुष गरी १८ जना पर्सामा नयाँ संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ५३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य