आइसोलेन वेड अभाव भएपछि पर्साका १८ जना कोरोना संक्रमित घरमै « Khabarhub

आइसोलेन वेड अभाव भएपछि पर्साका १८ जना कोरोना संक्रमित घरमै


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार साँझ संक्रमण पुष्टि भएका पर्साका १८ जना कोरोना संक्रमितलाई अझै अस्पताल लगिएको छैन ।

नारायणी अस्पतालमा वेड क्षमता भन्दा बढी संक्रमित भएपछि मंगलबार साँझ संक्रमण पुष्टि भएका पर्साका १८ जना कोरोना संक्रमितलाई अस्पताल लगिएको छैन ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार अस्पतालमा आइसोलेसन वेड अभाव भएपछि उनीहरुलाई घरमै राखिएको छ ।

‘हाम्रो अस्पतालमा संक्रमित धेरै भएपछि वेड खाली नै छैन,’ डा सिंहले खबरहबसँग भने, ‘वेड अभावका कारण हिजो राति संक्रमण पुष्टि भएका सबै संक्रमित अहिलेसम्म घरमै हुनुहुन्छ ।’

डा सिंहका अनुसार नारायणी अस्पतालमा ७० वेड रहेकोमा सबै संक्रमितले भरिइसकेको छ ।

अस्पतालमा वेड अभाव भएपछि नयाँ संक्रमितलाई आइसोलेसनमा राख्न विकल्प खोज्न अस्पतालले प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइसकेको छ ।

‘हाम्रो अस्पतालमा ठाउँ अभाव भएपछि हामीले नयाँ संक्रमित राख्ने ठाउँ छैन भनेर केन्द्र सरकार र प्रदेश सरकारलाई संक्रमित राख्ने ठाउँ छैन भनेर सुचना दिइसकेका छौं,’ डा सिंहले भने, ‘अब प्रदेश र केन्द्र सरकारले अर्को स्थानमा आइसोलेसन व्यवस्थापन गरेपछि मात्र घरमा रहेका संक्रमितहरुलाई आइसोलेसनमा राखिन्छ होला ।’

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार राति पर्सामा मात्र १८ जना नयाँ संक्रमित थपिएका थिए । मंगलबार साँझ मात्र २२, २८, २८, ३२, ४५ र ६० वर्षीया ६ जना महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१ र ६१ वर्षीया ११ जना पुरुष गरी १८ जना पर्सामा नयाँ संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ५३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी