सिन्धुपाल्चोक नाकामा थप कडाइ « Khabarhub

सिन्धुपाल्चोक नाकामा थप कडाइ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- कोरोना भाइरस संक्रमणवाट सुरक्षित रहन सिन्धुपाल्चोकमा आजदेखि थप कडाइ गरिएको छ ।

बन्दाबन्दी केही खुकुलो भएकामा देशमा संक्रमितको संख्यामा दिनप्रतिदिन वृद्धि हुनै गएपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए ।

उनका अनुसार दोलखा जिल्लाको सिमानामा पर्ने मुढे, काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने बन्देउ, सिपाघाट र बाहुनेपाटी तथा काठमाडौँको सिमानामा पर्ने भोटेचौर नाकामा थप कडाइ गरिएको हो ।

दुईतीन दिनअघिदेखि केही खुकुलो भएको बन्दाबन्दीमा शहर बजारमा अनावश्यक मानिस हिँडडुल गर्न थालेपछि औषधि जस्ता अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द गरिएको छ ।

यसैबीच जिल्लामा हालसम्म विदेशवाट चैतमा आएका २०६ र जिल्लामै रहेका केही शंकास्पदसहित ६४८ जनाको द्रुतगतिको परीक्षण र ३४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

त्यसमध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको र अरु सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा आठ जना मात्र क्वारेन्टाइनमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : ३६ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु