सिन्धुपाल्चोक नाकामा थप कडाइ « Khabarhub

सिन्धुपाल्चोक नाकामा थप कडाइ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- कोरोना भाइरस संक्रमणवाट सुरक्षित रहन सिन्धुपाल्चोकमा आजदेखि थप कडाइ गरिएको छ ।

बन्दाबन्दी केही खुकुलो भएकामा देशमा संक्रमितको संख्यामा दिनप्रतिदिन वृद्धि हुनै गएपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए ।

उनका अनुसार दोलखा जिल्लाको सिमानामा पर्ने मुढे, काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने बन्देउ, सिपाघाट र बाहुनेपाटी तथा काठमाडौँको सिमानामा पर्ने भोटेचौर नाकामा थप कडाइ गरिएको हो ।

दुईतीन दिनअघिदेखि केही खुकुलो भएको बन्दाबन्दीमा शहर बजारमा अनावश्यक मानिस हिँडडुल गर्न थालेपछि औषधि जस्ता अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द गरिएको छ ।

यसैबीच जिल्लामा हालसम्म विदेशवाट चैतमा आएका २०६ र जिल्लामै रहेका केही शंकास्पदसहित ६४८ जनाको द्रुतगतिको परीक्षण र ३४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

त्यसमध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको र अरु सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा आठ जना मात्र क्वारेन्टाइनमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : ३६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा