कोरोनालाई जितेर घर फर्किइन् चितवनकी संक्रमित महिला « Khabarhub

कोरोनालाई जितेर घर फर्किइन् चितवनकी संक्रमित महिला


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् ।

चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए ।

यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैठौं र सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएकोआधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले बिदा गरेको जानकारी दिए ।

यसअघि वैशाख १३ गते उनका छोरालाई संक्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो । गत चैत्र ३ गते बेलायतबाटकाठमाडौं र चैत्र ५ गते चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरमा रहेको आफ्नो घर आएका यी दुई आमा छोरालाई कोराना संक्रमणभएको पुष्टि वैशाख ५ गते मात्रै भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ४ : ३६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा