विश्वमा १५ लाख कोरोना संक्रमित निको भए, नेपालमा ३५ जना डिस्चार्ज « Khabarhub

विश्वमा १५ लाख कोरोना संक्रमित निको भए, नेपालमा ३५ जना डिस्चार्ज


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महाामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित १५ लाखभन्दा बढी मानिस निको भएर फर्किएका छन्।

अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार १५ लाख २ हजार ६ सय २० जना कोरोनाको उपचार सफल भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

बुधबार दिउँसो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना संक्रमितको संख्या भने ४२ लाख ७८ हजार १ सय ८० छ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित देखिएका छन्। अमेरिकामा मात्र १३ लाख ७० हजार १६ जना कोरोना संक्रमित भएका छन्। अमेरिकामा कोरोना भाइरसकै कारण ८२ जहार ३ सयभन्दा मानिसको मृत्यु भएको छ।

विश्वमा २ लाख ९२ हजार ३ सय १६ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको छ। अमेरिकापछि बढी मृत्यु हुने देशमा बेलायत दोस्रो स्थानमा छ।

भारतमा भने ७४ हजार ९ सय ९५ जना संक्रमित भएका छन्। नेपालमा हालसम्म २१९ जना संक्रमित भएका छन् भने ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : २८ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत