लकडाउनमा ग्रामीण सडकको पुनः निर्माण तीव्र « Khabarhub

लकडाउनमा ग्रामीण सडकको पुनः निर्माण तीव्र


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सुरक्षा सावधानी अपनाएर विभिन्न निर्माण परियोजनाको काम तीव्र पारिएको छ ।

सरकारको नीति अवलम्बन गर्दै पुनर्निर्माणका काम तथा विभिन्न परियोजना सुचारु गरिएका हुन् । यसैक्रममा पाल्पाको डुम्रे–चकल्दी–कुसुमखोला–बुढाखोल्सी जोड्ने सडक पुनर्निर्माण थालिएको छ ।

पाल्पाको निजी आवासलगायतका पुनर्निर्माण तथा जनजीवनमा महत्वपूर्ण मानिएको १४ किलोमिटर लामो यो ग्रामीण सडकको २०७६ फागुन पहिलो साता शिलान्यास गरिएको थियो ।

मूल्य अभिबृद्धि करसहित १५ करोड ९२ लाख रुपैयाँमा रायमाझी–पीटीआर अधिकारी जेभीले सडक पुनर्निर्माण गरिरहेको छ । गाभ्रेल स्तरमा पुनर्निर्माण हुने र करिब आठ मिटर चौडा रहने यो सडकको निर्माण अवधि १६ महिना छ ।

सडक बनेपछि पश्चिम पाल्पाका अधिकांश भूभाग, छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची जिल्लाको लागि छोटो वैकल्पिक मार्ग उपलब्ध हुनेछ । यसबाट कृषि उत्पादनका लागि बजारको पहुँचमा सहयोग भई सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : ४३ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु