लकडाउनमा ग्रामीण सडकको पुनः निर्माण तीव्र « Khabarhub

लकडाउनमा ग्रामीण सडकको पुनः निर्माण तीव्र


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सुरक्षा सावधानी अपनाएर विभिन्न निर्माण परियोजनाको काम तीव्र पारिएको छ ।

सरकारको नीति अवलम्बन गर्दै पुनर्निर्माणका काम तथा विभिन्न परियोजना सुचारु गरिएका हुन् । यसैक्रममा पाल्पाको डुम्रे–चकल्दी–कुसुमखोला–बुढाखोल्सी जोड्ने सडक पुनर्निर्माण थालिएको छ ।

पाल्पाको निजी आवासलगायतका पुनर्निर्माण तथा जनजीवनमा महत्वपूर्ण मानिएको १४ किलोमिटर लामो यो ग्रामीण सडकको २०७६ फागुन पहिलो साता शिलान्यास गरिएको थियो ।

मूल्य अभिबृद्धि करसहित १५ करोड ९२ लाख रुपैयाँमा रायमाझी–पीटीआर अधिकारी जेभीले सडक पुनर्निर्माण गरिरहेको छ । गाभ्रेल स्तरमा पुनर्निर्माण हुने र करिब आठ मिटर चौडा रहने यो सडकको निर्माण अवधि १६ महिना छ ।

सडक बनेपछि पश्चिम पाल्पाका अधिकांश भूभाग, छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची जिल्लाको लागि छोटो वैकल्पिक मार्ग उपलब्ध हुनेछ । यसबाट कृषि उत्पादनका लागि बजारको पहुँचमा सहयोग भई सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : ४३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा