आर्थिक क्रियाकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बचिँदैन : मन्त्री खतिवडा | Khabarhub Khabarhub

आर्थिक क्रियाकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बचिँदैन : मन्त्री खतिवडा


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले रोग र भोकविरुद्ध लड्न केही उद्योग खोल्नुको विकल्प नभएको धारणा राखेका छन् ।

प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले भोकबाट लड्न लकडाउन खुकुलो पारेर केही उद्योग खोलिएको बताए ।

उनले केही सांसदले अहिले स्वास्थ्य नै सबै कुरा भएको भन्दै उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले सो विषयमा स्पष्ट धारणा राखेका हुन् ।

उनले भने, ‘हामीले न्यूतम आर्थिक क्रियाकलाप सुरु गरेनौं भने रोगबाट त बचिएला, भोकबाट बचिँदैन । यसमा सन्तुलित भएर अघि बढ्नुपर्छ ।’

चालु कार्यक्रमको निरन्‍तरता विषयमा सांसदहरुले प्रश्न गरेको बताउँदै खतिवडाले भने, “हामी एकातिर रोगसँग लड्नु छ भने अर्कातिर भोकसँग लड्नु छ । यदी भोकसँग लड्नु छ भने भोकसँग सम्बन्धित आर्थिक क्रियाकलाप सूचारु राख्‍नैपर्छ ।”

सरकार श्रमिकहरुलाई जीवन निर्वाह गर्न सक्ने अवस्थामा पुर्‍याउने योजनामा रहेको भन्दै उनले आर्थिक क्रियाकलाप स्वतः अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे ।

सांसदहरुको सुझाव तथा सल्लाहको उत्तर दिँदै मन्त्री डा.खतिवडाले बजेट परम्परागत नभएर सांसदहरुको टिप्पणी गर्ने तरिका परम्परागत भएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : २८ बजे

घर जलाए पनि जनताप्रतिको समर्पण जलाउन सक्दैनन् : महेश बस्नेत

काठमाडौं– नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी पुस्ताका नाममा घर

सडकमा सेनाको गस्ती, मानिसलाई फर्काउँदै घरतिर (तस्बिरहरू)

काठमाडौँ- नेपालका कयौँ ऐतिहासिक सम्पदा ध्वस्त पार्ने गरी मंगलबार भएको

निरन्तर जल्दैछ साढे अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू)

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरको लगानी रहेको

कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएसँदै

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको