चीनद्वारा नेपाली सेनालाई ५ मिलियन युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग « Khabarhub

चीनद्वारा नेपाली सेनालाई ५ मिलियन युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नेपाली सेनालाई कोरोनाभाइरसको संक्रमण रोक्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान बुधवार बिहान काठमाडौं अवतरण गरेको थियो ।

चीनियां राजदुत होउ यान्छीले बुधवार नै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

चीनले नेपाली सेनालाई कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने पीपीई, एन ९५ मास्क, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड, गगल्सलगायतका अन्य विभिन्न मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले ५ मिलियन युआन बरावरको स्वास्थ्य सामाग्री चीनले नेपाली सेनालाई हस्तारण गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ०४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण