चीनद्वारा नेपाली सेनालाई ५ मिलियन युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग « Khabarhub

चीनद्वारा नेपाली सेनालाई ५ मिलियन युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नेपाली सेनालाई कोरोनाभाइरसको संक्रमण रोक्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान बुधवार बिहान काठमाडौं अवतरण गरेको थियो ।

चीनियां राजदुत होउ यान्छीले बुधवार नै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

चीनले नेपाली सेनालाई कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने पीपीई, एन ९५ मास्क, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड, गगल्सलगायतका अन्य विभिन्न मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले ५ मिलियन युआन बरावरको स्वास्थ्य सामाग्री चीनले नेपाली सेनालाई हस्तारण गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ०४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका