नेकपामा भीम रावल र विष्णु रिमालबीच विवाद « Khabarhub

नेकपामा भीम रावल र विष्णु रिमालबीच विवाद


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका दुई नेताबीचको विवाद छताछुल्ल भएको छ । आज नेकपा स्थायी कमिटीको बैठक स्थगित हुनुमा भीम रावल कहाँ खटाइएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरसको पुष्टि हुनु रहेको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बोलेपछि विवाद बाहिर आएको हो ।

उज्यालो रेडियो नेटवर्कसँगको कुराकानीमा रिमालले स्थायी कमिटी बैठक स्थगित हुनुको कारण रावल कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको कारण भनेका थिए ।

लगत्तै रावलले ट्वटी गर्दै यस्तै मती र बुद्धिले समस्या बढेको टिप्पणी गरेका छन् । रावल र रिमालबीच लामो समययता विवाद छ । तर, यो बाहिर आएको थिएन ।

यसअघि रावलले ट्वीट गर्दै सबै स्थायी कमिटी सदस्यहरुको पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी राजनीति हो भनी उल्लेख गरेका थिए ।

यसअघि आज (बुधबार) बिहान बस्ने तय भएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको थियो । स्थायी कमिटी सदस्य मणि थापाका अनुसार सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र बैठक राकिनेछ । अर्का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले केही स्थायी कमिटी सदस्यको कोरोना टेष्ट हुन बाँकी रहेकाले पनि बैठक स्थगित भएको बताएका थिए ।

त्यस्तै स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकमा जाने तयारी गर्दै लुगा लगाउन थालेपछि स्थगितको सूचना आएको बताएका थिए।

स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमणभएलगत्तै बैठक स्थगितको मुख्य कारण देखाइएको छ ।

भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता बिरामी भएर बिदामा बसेको बताएका छन् ।

उनले ड्युटीमा आउने जानकारी गराएपछि रावलले कोरोना परीक्षण गराउन भनेपछि त्यसको रिपोर्ट पोजेटिभ त्यखिएको बताए ।

आफूले संसदको बजेट अधिवेशन अघि नै कोरोना परीक्षण गर्दा नेगेटिभ आएको पनि रावलले बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ५४ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता