पाकिस्तानमा एकैदिन दुई हजार कोरोना संक्रमित थपिए « Khabarhub

पाकिस्तानमा एकैदिन दुई हजार कोरोना संक्रमित थपिए


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् ।

नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक बढेको अधिकारीहरुको भनाइ छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो ।

पछिल्लो समयमा दुई हजार २५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण थप ३१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ७३७ को छ ।

पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरी सङ्क्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जावमा कुल १३ हजार २२५ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६१० जना रहेका छन् ।

त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १५८ जना, इस्लामावादमा ७५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमित मध्ये आठ हजार ८१२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।अघिल्लो हप्तादेखि सङ्क्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै बृद्धि हुदै गएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।

लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उलंघन हुनु लगायतका कारणले सङ्क्रमितहरुको संख्या बढ्दै गएको उनीहरुले बताएका छन् ।

पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विषेश उडान मार्फत पाकिस्तानले ३७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो । यसअघि गत अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत् चार हजार ३४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ११ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन