सगरमाथाबारे भ्रम फैलाएको भन्दै महोत्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

सगरमाथाबारे भ्रम फैलाएको भन्दै महोत्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोतरी- महोत्तरीको बर्दिवासमा स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

नेपाल प्रहरीमाथि चिनीयाँ नागरिकहरुले गरेको आक्रमण र चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर लालबन्दीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका हुन् ।

बर्दीवासमा गौतम पाण्डको नेतृत्वमा युवाहरुको समूहले चिनीयाँ राष्ट्रपति जिनपिङको पुतला दहन गरेका हुन् ।

केही दिन अघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।

त्यस्तै, चिनीयाँ नागरिकहरु नेपालमै वसी नेपाल प्रहरीमाथि आक्रमण गर्नु गम्भीर विषय बनेको भन्दै युवाहरु आक्रोस पोखेका छन् ।

केहिदिन अघिमात्र राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा बस्ने चिनियाँहरू सिंहदरबार अगाडि भेला भएर नेपाल प्रहरीमाथि आक्रमण गरेका थिए ।

स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शनमा उत्रेका चिनियाँलाई हटाउन खोज्दा प्रहरीमाथि नै आक्रामक बनेका थिए । सोही विषयमा युवाहरु आक्रोस पोखेका हुन् ।

यसअघि, सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा केही युवाहरुले सोही विषयमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका थिए ।

यसैबीच सर्लाहीका युवाहरुले पनि सोही विषयलाई लिएर चीन विरोधी नारा लगाउँदै चिनयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ५४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा