सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने- वार्ता गर्न भारतले कोरोना कारण बनायो, अहिले लड्नु हुँदैन « Khabarhub

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने- वार्ता गर्न भारतले कोरोना कारण बनायो, अहिले लड्नु हुँदैन


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्ता गरेर भारतले मिचेको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गर्ने बताएका छन् ।

आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले पूर्खाले लडेर ल्याएको भूमि जसरी पनि जोगाउने बताए।

प्रधानमन्त्रीले भने, ‘पूर्खाहरुले लडेर बनाएको र लडेर बचाएको नेपाललाई हामीले अडेर बचाउनुर्छ । हामीले अहिले लडनु जरुरी छैन । भारतसँग असल मित्रता चाहन्छौं । कुटनीतिक वार्ता गर्ने पक्षमा छौं ।’

सरकारले सीमा र सडकबारे पटकपटक वार्ता गर्न खोजे पनि भारतले भने कोरोनको कारण देखाउँदै वार्ता टरेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका थिए ।

भारतले जारी गरेको नक्साबाट विवाद शुरु भएको प्रधानमन्त्रीले बताएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि नेपाल सरकारले पटकपटक प्रयास गरेको र वार्ता गर्न भारतले कोरोनालाई कारण बनाएको बताए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै उनले भारतलाई बाटो बनाउन भने कोरोनाले नछेकेको बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले मिचेको नेपाली भूमि फिर्ता हुनुपर्ने बताए । उनले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो भन्दै महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका रहेको बताए ।

सभापति देउवाले यस बारे नेपाली कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको बताउँदै यो नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा यस बैठकमा पुनः दोहोर्‍याउन चाहेको बताएका थिए।

बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई झलनाथ खनाल, माधव नेपाल, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत प्रमुख दलका नेताहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग