डा. भट्टराईले सार्वजनिक गरे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा « Khabarhub

डा. भट्टराईले सार्वजनिक गरे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा सार्वजनिक गरेका छन् ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेको भनि सडकदेखि सदनसम्म विरोध भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमा केही ऐतिहासिक नक्सा र तस्वीर सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- नक्सा आफैं बोल्छ ! कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका केही ऐतिहासिक नक्सा र फोटो !

उनले सन् १९०३ मा चीनले बनाएको नक्सामा नेपालको सीमाना, अहिले विवाद झिकिएको कालापानी,लिपुलेक,लिम्पियाधुरा क्षेत्र लगायतका क्याप्सन लेख्दै तस्वीर तथा नक्सा सार्वजनिक गरेका हुन्  ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकबारे विभिन्न ६ बुँदे सुझाव दिएका थिए । जुन निम्न छन्-

१.दलीय हैन राष्ट्रिय अवधारणा/सहमति बनाउने
२. तथ्यप्रमाण बलियो बनाउने
३. उच्चतहमा राजनीतिक सम्बाद/कुटनीतिक पहल गर्ने
४. नेपाल-भारत-चीन बीच सहमति गरेर त्रिपक्षीय सीमाविन्दू तय गर्ने
५. ICJ को तयारी गर्ने
६. देशको सामरिक महत्व गुम्न नदिने।

उनले सार्वजनिक गरेका तस्वीरमा यस्तो लेखिएको छ-

१. सन् १८४६ मा अंग्रेजहरूले बनाएको नेपालको नक्सा

२. सन् १९०३ मा चीनले बनाएको नक्सामा नेपालको सीमाना,

३. अहिले विवाद झिकिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र

४. कालापानी क्षेत्रमा भारतीय सेना

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : २२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत