शुक्रबारदेखि नेपालमा भित्रियो मनसुन, सक्रिय हुन केही दिन लाग्ने « Khabarhub

शुक्रबारदेखि नेपालमा भित्रियो मनसुन, सक्रिय हुन केही दिन लाग्ने


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ ।

सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्ने मनसुन यसपटक २ दिन ढिला गरी १२ जुनमा प्रवेस गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यससंगै मौसमी गतिविधि बढ्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यद्यपि तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार आज पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने सम्भावना रहेको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिम भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

त्यसैको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : १९ बजे

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि