गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो « Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार पर्वतका ४ र  पूर्वी नवलपरासीका एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको हो ।

संक्रमित हुनेमा पर्वतका कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा छन् ।

यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : ४१ बजे

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि