समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै, पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी « Khabarhub

समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै, पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्नेछ ।

सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको ह्विपबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।

‘११ बजे संसदीय दलको बैठक बस्दैछ, त्यसमा उहाँ सरिता गिरी पनि उपस्थित हुनुहुनेछ, उहाँले संसोधन हाल्नु परेको दलिल पेस गरेपछि नेताहरूको समेत सहभागितामा निर्णय हुन्छ,’ अरगरियाले खबरहबसँग भने, ‘पार्टीको निर्देशन नमाने ह्विप उल्लंघन गरेको ठहरमा आवश्यक कारबाही हुन्छ ।’

आजै १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयकमा मतदान गर्ने तयारी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : २१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी