समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै, पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी « Khabarhub

समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै, पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्नेछ ।

सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको ह्विपबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।

‘११ बजे संसदीय दलको बैठक बस्दैछ, त्यसमा उहाँ सरिता गिरी पनि उपस्थित हुनुहुनेछ, उहाँले संसोधन हाल्नु परेको दलिल पेस गरेपछि नेताहरूको समेत सहभागितामा निर्णय हुन्छ,’ अरगरियाले खबरहबसँग भने, ‘पार्टीको निर्देशन नमाने ह्विप उल्लंघन गरेको ठहरमा आवश्यक कारबाही हुन्छ ।’

आजै १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयकमा मतदान गर्ने तयारी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : २१ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन