घोराहीमा कोरोना रोकथाम व्यवस्थापनमा ८३ लाख खर्च « Khabarhub

घोराहीमा कोरोना रोकथाम व्यवस्थापनमा ८३ लाख खर्च


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि ८३ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७०५ रूपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोना राहत कोषमा उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायतको ६६ लाख पाँच हजार ९११ रूपैयाँ जम्मा भएको थियो । बन्दाबन्दीका समयमा आर्थिक रुपमा विपन्न पाँच हजार ५४८ परिवारलाई गत वैशाख १५ गतेसम्म रु १८ लाख १७ हजार मूल्यको खाद्य सामग्री सहयोग गरिएको उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिए ।

उपमहानगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउनेलाई राख्नका लागि १९ वटा वडाका ८५ स्थानमा क्वारेन्टिन निर्माणका लागि २७ लाख ६ हजार ४१२ खर्च गरिएको छ ।

पचासी स्थानमा तीन हजार ४१६ शैय्या क्षमता रहेको क्वारेन्टाइन निर्माण, आवश्यक फर्निचर र कपडालगायत सामग्री खरदमा उक्त रकम खर्च भएको उपमहानगरपालिका, आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ४५ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन