अभियुक्तलाई प्रहरीले घाँटी थिच्नु गलत - ट्रम्प | Khabarhub Khabarhub

अभियुक्तलाई प्रहरीले घाँटी थिच्नु गलत – ट्रम्प


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था गलत भएको बताएका छन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले घाँटी थिच्न नपाउने गरी गरिएको प्रस्ताव उत्कृष्ट र निष्पक्ष रहेको बताएका छन् ।

डेमोक्र्याटले प्रस्ताव गरेको प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ ।

मिनियापोलसमा गएको मे २५ मा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई प्रहरीले पक्राउका क्रममा करिव ९ मिनेटजति घाँटीमा थिचेको र प्रहरी नियन्त्रणमा नै उनको मृत्यु भएको थियो ।

उक्त घटना बाहिरिए लगत्तै अमेरिकाभर प्रहरी ज्यादतीविरूद्ध प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ९ : ५८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो