अभियुक्तलाई प्रहरीले घाँटी थिच्नु गलत – ट्रम्प « Khabarhub

अभियुक्तलाई प्रहरीले घाँटी थिच्नु गलत – ट्रम्प


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था गलत भएको बताएका छन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले घाँटी थिच्न नपाउने गरी गरिएको प्रस्ताव उत्कृष्ट र निष्पक्ष रहेको बताएका छन् ।

डेमोक्र्याटले प्रस्ताव गरेको प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ ।

मिनियापोलसमा गएको मे २५ मा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई प्रहरीले पक्राउका क्रममा करिव ९ मिनेटजति घाँटीमा थिचेको र प्रहरी नियन्त्रणमा नै उनको मृत्यु भएको थियो ।

उक्त घटना बाहिरिए लगत्तै अमेरिकाभर प्रहरी ज्यादतीविरूद्ध प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ९ : ५८ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा