माइतीघरमा सरकारविरुद्ध प्रदर्शन सुरु (फोटो फिचर) « Khabarhub

माइतीघरमा सरकारविरुद्ध प्रदर्शन सुरु (फोटो फिचर)



काठमाडौं-काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । युवाहरुको समूहले सामाजिक दूरी कायम गर्दै प्रर्दशन गरेका हुन् ।

सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन्। सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो।

कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन्।

मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। तर प्रदर्शनकारीहरु स्वतःस्फूर्त रुपमा निस्किँदै सामाजिक दूरी कायम गर्न माग गर्दै प्ले कार्ड देखाइरहेका छन्। हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई युवाहरुले सचेत गराइरहेका छन्।

बिहीबार बालुवाटारमा प्रर्दशन गरेका युवाहरुले शुक्रवार बसन्तपुरमा प्रर्दशन गरेका थिए। आज उनीहरुको विरोध प्रर्दशनस्थलको रुपमा मण्डला रहेको छ ।

हेर्नुहोस तस्वीर

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : ४६ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी