माइतीघरमा सरकारविरूद्ध आन्दोलन गर्ने ७ विदेशीसहित १० जना पक्राउ « Khabarhub

माइतीघरमा सरकारविरूद्ध आन्दोलन गर्ने ७ विदेशीसहित १० जना पक्राउ


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा आन्दोलन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ७ विदेशी नागरिकसहित १० जना छन् । शनिबार बिहान काठमाडौँको माइतीघरबाट प्रहरीले ३ चिनियाँसहित ७ विदेशी र ३ नेपाली नागरिक गरी १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिए।

उनीहरूका विषयमा अनुसन्धान भइरहेको पनि यादवले बताए । पक्राउ पर्नेमा चीनका दुई महिला र एक पुरुष, एक अमेरिकी महिला, एक क्यानाडियन महिला, एक अस्ट्रेलियन पुरुष र तीन जना नेपाली छन्।

सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन्। सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो।

कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन्।

मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। तर प्रदर्शनकारीहरु स्वतःस्फूर्त रुपमा निस्किँदै सामाजिक दूरी कायम गर्न माग गर्दै प्ले कार्ड देखाइरहेका छन्। हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई युवाहरुले सचेत गराइरहेका छन्।

बिहीबार बालुवाटारमा प्रर्दशन गरेका युवाहरुले शुक्रवार बसन्तपुरमा प्रर्दशन गरेका थिए। आज उनीहरुको विरोध प्रर्दशनस्थलको रुपमा मण्डला रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : २६ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल