नेपालसँगको सम्बन्ध सँधै मजबूत छ- भारतीय सेना प्रमुख नरवणे « Khabarhub

नेपालसँगको सम्बन्ध सँधै मजबूत छ- भारतीय सेना प्रमुख नरवणे


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली – भारतिय सेनाका सेना प्रमुख एमएम नरवणेले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरेका छन् ।

नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच सांस्कृतिक संम्बन्ध सधै मजबूत रहेको भन्दै भारत र नेपालबीचको सम्बन्ध सधै बलियो हुने धारणा व्यक्त गरे ।

यसअघि उनले सीमा मिचिएको भन्दै नेपालमा सुरु भएको आन्दोलनमा उत्तरी छिमेकी मुलुकको उक्साहट भएको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए ।

उनले भने ‘हामी भौगोलिक,सांस्कृतिक,ऐतिहासिक एवंम् धार्मिक कडीबाट बाँधिएका छौँ । हामी दुवै देशका जनतासमेत मजबूत सम्बन्धद्धारा जोडिएका छौं । हाम्रो नेपालसँगको सम्बन्ध सधै मजबूत रहँदै आएको छ । आगामी दिनमा समेत सम्बन्ध मजबूत रहन्छ ।’

नेपालले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेको छ । आजै संसदले संविधान संशोधनको विद्येयक समेत प्रतिनिधिसभाबाट पारित गर्दैछ ।

उनले भारत र चीनबीच लद्दाखमा जारी गतिरोधको मामला पनि समाधान हुनेतिर अघि बढिरहेको बताएका छन् । थलसेना प्रमुखले नरवणेले चीनसँग जोडिएको सीमा क्षेत्रमा स्थिति पुरै नियन्त्रणमा रहेको बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : ५३ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति