वीरगञ्जमा कोरोना संक्रमित २ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो « Khabarhub

वीरगञ्जमा कोरोना संक्रमित २ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

डा सिंहका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् ।

वीरगञ्जका बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । वीरगन्जको एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।

त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए ।

यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन । यसअघि नेपालमा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १ : ३१ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०