सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत « Khabarhub

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । संविधान संशोधन विधेयकमा समाजवादीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमावलीको दफा १ सय १२ अनुसार स्विकार हुन नसक्ने भन्दै सांसद गिरीको प्रस्ताव अस्विकार भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाको घोषणापछि सांसद गिरी संसद बैठक छाडेर निस्किएकी छन् ।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’ रहेको भन्दै सभामुख सापकोटाले संशोधन अस्वीकृत गर्ने निर्णय गरेका हुन्। संशोधन अस्वीकृत भएसँगै गिरीको संशोधनमाथि सदनमा छलफल र मतदान हुनेछैन। संसद सचिवालयका महासचिव भरतराज गौतमले निकालेको कार्यसूचिमा गिरीको संशोधन पेश गर्ने उल्लेख छैन।

निशान छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, गुटी, गुञ्जी, नावीलगायतका क्षेत्र समेट्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले उक्त संशोधनलाई नै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी थिइन्।

उनले बुधबार विधेयक शाखामा दर्ता गराएको संशोधनमा ‘स्रोत र प्रमाण नपुर्‍याएकाले’ विधेयकको दफा २ नै खारेज हुनुपर्ने प्रस्ताव गरेकी छिन्।

समाजवादीले गिरीलाई संशोधन फिर्ता लिन चेतावनी युक्त निर्देशन दिए पनि उनले फिर्ता लिन इन्कार गरेकी थिइन्। सांसद गिरीले दर्ता गराएको संशोधन प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ विपरीत रहेको भन्दै सभामुखले निर्णय गरेका हुन्।

नियमावलीको ११२ (२) मा लेखिएको छ, ‘सभामुखले यस नियमको अधिनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, अश्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १ : ४३ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक