राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ – प्रचण्ड « Khabarhub

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ – प्रचण्ड


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन संविधान संसोधन गर्न लागेको भन्दै गर्व महशुश गरेको बताएका छन् ।

संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले नेपालको संविधान संसोधनका लागि सबै दलको सहमति भएको भदै खुसी व्यक्त गरे । उनले लोकतन्त्र, संघीयतालाई मजबुत बनाउन सबै दल मिल्नुको विकल्प नभएको उनले बताए ।

प्रचण्डले भने, ‘कसैले जश लिने र अपजश लिने भन्दा पनि नेपाली जनताले गर्दै आएको केन्द्रिकरणको रुपमा देशको गमेको भूभाग फिर्ता लिन नयाँ चरणमा आइपुगेका हौं । यति गम्भिर राष्ट्रिय विषयलाई सर्वदलीय सहमति बनाउँदै अहिले सरकारले संविधान संसोधनद्वारा संविधानमा रहेको नक्सा सच्याउने पहलकदमीलाइए धन्यवाद भन्न चाहन्छु ।’

उनले सबै राजनीतिक दल, नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले भने, ‘सामूहिक विवेकको प्रतिफल हो । यो कुनै व्यक्ति विषेको मुद्धामा मात्रै पनि होइन । यो कुनै व्यक्ति विषेशले मात्रै गरेर हुने काम पनि होइन ।’

प्रचण्डले भने, ‘नक्सा प्रकाशित गर्नुभन्दा अघि नै वार्तामार्फत् समस्याको समाधान हुन्छ भन्ने विश्वासमा थिए । तर वार्ता हुन सकेन । बरु भारतका जिम्मेवार मन्त्रीबाट विवादति क्षेत्रबाट जाने बाटो लकडाउनका बेला उद्घाटन भयो । नेपालले गरेको वार्ताको प्रस्तावमा सकारात्मक पहल गर्नुको साटो बाटे उद्घाटन गर्दा नेपालीको भावनालाई अलिअलि चुनौती दिएकोजस्तो अलिअलि उद्देलित बनाएको हो । ‘

नक्सा प्रकासित गरेर र बाटो उद्घाटन गरेर हामी नेपालीलाई एकतावद्ध हुन नकारात्मक रुपले जुन चुनौती दियो भन्दै प्रचण्डले भने, ‘त्यसका लागि भारतलाई धन्यवाद । हामी त अलि अर्कै तरिकाले समस्याको समाधान होस भन्ने चाहेका छौं । हामी फेरि भचारतसँग कुनै खालको दुश्मनी चाहेका छैनौं । शान्तिपुर्ण, कुटनीतिक र राजनीतिक तरिकाले वार्ता गरेर समस्याको समाधान गर्न चाहन्छौं ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १ : ४९ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन