महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ : नेता यादव « Khabarhub

महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ : नेता यादव


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपाल भारतको सीमा समस्या समाधानका लागि वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

संसदमा शुरु भएको संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रममा सुगौली सन्धी अपमानजनक रहेको भन्दै काली नदि सीमा मानिएको र काली नदि भनेको महाकाली नदि नै भएको उल्लेख गरेको भन्दै पश्चिमतर्फ आफ्नो दाबी छाड्ने विषय उल्लेख रहेको बताए ।

उनले महाकाली सन्धी गर्दा अहिलेका प्रधानमन्त्री समेत संलग्न रहेको भन्दै महाकाली नदिको सम्झौता गर्दा प्रस्तावनामै सुगौली सन्धीभन्दा पनि पछाडि धकेलेको उनले बताए । महाकाली सन्धीले महाकाली नदी साझा नदी भएको उल्लेख गरिएको भन्दै त्यसमा संलग्न सबैले माफी माग्नुपर्ने बताए । उनले भने,‘मधेशीलाई धोती भनेर अपहेतिल गरिएको तर महाकाली सन्धी गर्दा सुगौली सन्धीभन्दा पनि बछि फर्किएकाले माफी माग्नुपर्छ ।’

नेता यादवले प्रश्न गरे, ‘ महाकाली सन्धी गर्दा नदीको मुहान किन टुंगो नलगाएको छ । नेपालको नक्सामा रहेको चुच्चो कसको पालामा किन गायव भयो । संसदलाई जानकारी चाहियो । नक्साको प्रमाण खोज्न सरकारले हिजोमात्रै कमिटि गठन गरेर उल्टो बाटो हिडेर कहाँ पुगिन्छ ?’

पहिलो राष्ट्रिय एकता यहाँ खोज्नुपर्छ । संक्रिणतावादी भावना त्याग्नुस । विगत ६० वर्षदेखि कालापानी क्षेत्रमा सैनिक व्यारेक राखिएको छ । चीन र भारतबीचमा समेत लिपुलेकका विषयमा समझदारी भएको छ । त्यसबेलादेखि बनेका सरकारले किन ध्यान दिएनन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  २ : ५३ बजे

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा

कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा

सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम अधिवेशनमा

कसले जित्ला विश्वकप ? ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० देशले नजित्ने संयोग !

काठमाडौं- यसपालीको विश्वकप कसले जित्ला ? यो अहिले विश्वभरका फुटबल