नयाँ नक्साले कुनै देशसँग सम्बन्ध बिगार्दैन- महासचिव पौडेल « Khabarhub

नयाँ नक्साले कुनै देशसँग सम्बन्ध बिगार्दैन- महासचिव पौडेल


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका महासचिव तथा सांसद विष्णु पौडेलले नेपालले जारी गरेको नयाँ नक्साका कारण कुनै पनि मुलुकसँग सम्बन्ध बिगार्न नखोजेको बताएका छन् ।

प्रतिनिसधिसभामा जारी संविधान सशोधन विधेयकमाथिको दफवार छलफलका क्रममा महासचिव पौडलले भने,‘भारतसँगको सम्बन्ध बिग्रनेछ भनेर टिप्पणी गरेको सुनिएको छ । यो निर्णय नेपालको पक्षमा छ, कसैको विपक्षमा छैन । नेपालको पक्षमा नेपाल उभिँदा छिमेकीहरुसँगको सम्बन्ध बिग्रने भनेर लघुताभाषमा जानु हुँदैन ।’

नेपालका दुबै छिमेकीसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन नेपालले चाहेको भन्दै उनले भने,‘छिमेकीसँगको असल सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छौं । नेपाल कहिल्यै पनि पराधिन रहेन । कुनै कालखण्डमा हाम्रो भूमि अतिक्रमित हुनपुग्यो, त्यो अहिले हामी फिर्ता ल्याउन खोजिरहेका छौं ।’

महाकाली सन्धिमा प्रयोग गरिएका केही पदावलीको गलत व्याख्या गरिएको पनि उनले बताए ।

‘महाकाली सन्धिका बेलामा महाकाली नदीका अधिकांश भाग सीमा नदी भनेर जुन पदावली प्रयोग भएको छ । यसको अर्थ महाकाली नदीपश्चित भारतको भूभाग छ भन्ने मात्र होइन, महाकाली नदीपश्चिममा पनि नेपाली भूभाग छ भन्ने हो ।

महाकाली नदीपश्चिममा रहेका दोधारा र चाँदनी छन् । त्यसैले यसलाई त्यो सन्धिमा प्रयोग गरिएको पदावलीलाई अन्यथा बुझ्नु हुँदैन ।’

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा हामीले हाम्रो हक स्थापित गर्छाैँ भनेर कदम चाल्दै थियौँ । यहीबीचमा अनेका आशंका पनि गरियो ।’ उनले भने, ‘आशकाको जवाफ व्यवहारबाट दिने हिसाबले अतिक्रमित भुमीमा नेपालको हक स्थापित गर्ने हिसाबले अग्रसर भयौँ । यो निर्णय कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको अतिक्रमित भुमिका नेपालको हक स्थापित गर्ने काम गर्दैछौँ ।’

उनले यो निर्णय कसैको बिरुद्धको निर्णय नभएको प्रष्ट पारे ।

‘नेपालको यो निर्णयले भारतसँगको सम्बन्ध बिग्रने छ भन्ने कोणबाट टिप्पणी गरेको सुन्छु ।’, उनले भने ‘यो कसैको बिरुद्धमा हैन, नेपालको पक्षमा छ । हाम्रो भूमिमा हाम्रो अधिकार स्थापित गरेर जाँदा दुई छिमेकी देशसँग सम्बन्ध राम्रो हुन्छ ।  छिमेकीसँग असल सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन यो कदम चाल्दैछौँ ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ४८ बजे

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको