नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न भारतलाई आग्रह गर्छु – महामन्त्री कोइराला « Khabarhub

नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न भारतलाई आग्रह गर्छु – महामन्त्री कोइराला


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डाक्टर शशांक कोइरालाले नेपालको भूमि जारी गर्नु नेपालको राष्ट्रियताको पक्ष रहेको भन्दै त्यसका कारण सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् ।

संसदमा जारी संविधान संसोधन विधेयकको दफावार छलफलमा भाग लिदै सांसद कोइरालाले नेपाल भारत सम्बन्ध सामाजिक राजनीतिक स्तरमा रहेको बताए । उनले नक्सा जारी गरेकै कारण सम्बन्ध विगार्न नहुने भन्दै भने,‘नक्सा जारी भइसकेपछि सामाजिक राजनीतिक सम्बन्धलाई बिगार्न हुँदैन ।’

नेपालको स्वाभमिानलाई ख्याल गर्न भारतलाई आग्रह गर्दै उनले भने,‘नेपाल भारतबीच नक्साकै कारण सम्बन्ध बिग्रने हुँदैन, नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न आग्रह गर्छु ।’

वर्तमान सरकारले कालापानीसहितको नक्सा जारी गरेको संसोधन विधेयकलाई कांग्रेसले समर्थन गर्नेभन्दै उनले भने,‘नेपाली कांग्रेस सधै राष्ट्रियताका पक्षमा रहेको भन्दै उनले भविष्यमा पनि राष्ट्रियताका पक्षमा उभिन्छ ।’

नेपाल र भारतका बिचमा खुला सीमाना रहेको र चीनसँग पनि महत्वपुर्ण सम्बन्ध रहेको भन्दै उनले भारत र चीनको विकासबाट फाइदा लिनसक्नुपर्ने समेत बताए । दुबै छिमेकीसँग समानताका आधारमा सम्बन्ध विकास गर्नुपर्ने भन्दै उनले भारतसँग रहेको सामाजिक राजनीतिक सम्बन्धलाई बिगार्न नहुने बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ४ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने