‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’ « Khabarhub

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख ट्रेड युनियन खारेजीको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियन कांग्रेसले मुलुकको परिवर्तनमा ट्रेड युनियनको भूमिका निकै महत्त्वपूर्ण रहेको भन्दै ट्रेड युनियन नै खारेज गर्ने काम उचित नभएको समेत जनाएको छ । 

संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुन पाउने हकको ग्यारेन्टी गरेकाले ट्रेड युनियनहरूलाई निषेध गर्ने वा खारेज गर्ने कुनै पनि प्रयास संविधान प्रदत्त मौलिक हकहरूको प्रत्यक्ष उलङ्घन हुने नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए।

ट्रेड युनियनहरूलाई निषेध गर्ने वा खारेज गर्ने कार्यले श्रमिक आन्दोलनलाई सीमित पार्ने र लोकतान्त्रिक अभ्यासहरूलाई समेत कमजोर बनाउने खतरा उत्पन्न हुने उनले बताए ।

उनले ट्रेड युनियनमा देखिएका कमिकमजोरीहरुलाई सुधार गर्दै सामाजिक संवाद र सौदाबाजीको माध्यमबाट उत्पादकत्व वृद्धि, गुणस्तरीय उत्पादन तथा  सेवा र मर्यादित कामप्रति प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै ट्रेड युनियन कांग्रेसले संगठन स्वतन्त्रता माथि अंकुश लगाउने निर्णय, न्यूनतम पारिश्रमिक बोर्डको खारेजी र सरकारी विज्ञापन तथा सञ्चार माध्यमबाट मात्र प्रकाशन गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरेको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : १४ बजे

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले