संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस, मतदान प्रक्रिया शुरु « Khabarhub

संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस, मतदान प्रक्रिया शुरु


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरिसयोस् भन्ने प्रस्ताव माथि प्रतिनिधिसभामा मतदान शुरु भएको छ ।

मतदानका शुरुहुनुपूर्व ५ मिनेटको विभाजन घण्टी बजाइएको छ। यो समयमा संसद बैठकमा नभएका तर बाहिर रहेका सांसदहरू बैठकमा जानेछन् । घण्टी बजेर सकिएपछि संसद बैठकका सबै ढोका बन्द गरिएका छन् । तत्पश्चात मतदान शुरु गरिएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् ।

उक्त विधेयकमाथिको दफावार छलफल सकिएको छ । छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएका छन् । उक्त विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेको छ ।

लिखित रूपमा मतविभाजन भएपछि सभामुखले उक्त मतविभाजनको परिणाम सुनाउनेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ५ : १६ बजे

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित