भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ « Khabarhub

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी र हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोह्रखुट्टे र हात्तीको दाह्रासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका चौधरीसँग १४० ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दाह्रा ६ किलोग्राम बरामद गरेको छ ।

पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : ०१ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका