काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाअध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका छन् ।
नेकपा अध्यक्ष प्रचण्डले संसदमा बोल्ने क्रममा राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको भन्ने भनाइमा अध्यक्ष थापाले टिप्पणी गर्दै सोअभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका हुन् ।
राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- “राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’भन्ने प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाइ विकृत र असन्तुलित मानसिकता हो । १७हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो । नेपालको एकीकरण / अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।”
उनले सिंगो राष्ट्र एक ढिक्का भएर, सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमि फिर्ता लिनुपर्नेबेल यस्ता विभाजनकारी सोच पत्युत्पादक हुने बताएका छन् ।
प्रतिक्रिया