विश्वभर १ करोड ३० लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७१ हजारको मृत्यु « Khabarhub

विश्वभर १ करोड ३० लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७१ हजारको मृत्यु


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९५२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार ७६ पुगेको छ ।

एकै दिन १ लाख २ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७५ लाख ७५ हजार ५२३ संक्रमितमध्ये १ लाख २ हजार ६१० जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ५६६ जनाको मृत्यु भएको छ । २५ लाख ७० हजार ९८५ जना संक्रमित भएकोमा १५ लाख ११ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८५ हजार ८०४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३९ लाख ९५ हजार ६८२ पुगेको छ । त्यसमध्ये १८ लाख ३७ हजार ७०० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७० हजार १२४ जनाको मृत्यु भएको छ । २९ लाख ५७ हजार ६४८ जना संक्रमित भएकोमा २० लाख ४४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५ हजार ५५२ जनाको मृत्यु भएको छ । २८ लाख ९३ हजार ३३७ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार २८५ जनाको ज्यान गएको छ भने ५ लाख ९८ हजार २३६ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९८ हजार १९४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ४६० जना संक्रमित भएकोमा ९ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ११ बजे

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले

बालेन पक्षले पाखा लगाएपछि सरिनको विरह, ‘बेइमानको राजनीति गर्न सकिनँ, हार खाएँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापनाकालदेखि जोडिएकी सुनसरीकी गोमा तामाङ सलिनले

संसद्‍मा पठाउने विधेयकबारे छलफल गर्दै कानुन मन्त्रालय

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष