अमेरिकी शहर फ्लोरिडामा एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित « Khabarhub

अमेरिकी शहर फ्लोरिडामा एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी शहर फ्लोरिडामा एकै दिन १५ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बढेको सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो ।

७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो। यससँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ।

फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ।

यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ। चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्।

यो विवरणले एप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ। पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन्।

महामारी सुरु भएयता अमेरिकामा १ लाख ३४ हजारभन्दा बढी मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ।

फ्लोरिडाले मे महिनाबाट कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो। जुन त्यहाँको पर्यटन र वृद्धवृद्धाको जनसङ्ख्याका कारण असुरक्षित पाइएको छ।

रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भइरहेको छ।

फ्लोरिडामा चार दर्जनभन्दा बढि अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्। गभर्नरले त्यस्तो निर्णय लिने काम स्थानीय निकायहरूलाई छोडेका थिए।

उनले लकडाउन लगाउन रूचि देखाएका थिएनन् र प्रतिबन्धहरू समेत छिट्टै खुकुलो पारेका थिए। पछिल्लो महिनाबाट उनले पुन: केही बारहरूमा प्रतिबन्ध लगाउन थाले पनि त्यसले वृद्धिको क्रम रोकेको थिएन।

ह्वाइटहाउसको कोरोनाभाइरस सम्बन्धी कार्यदलका प्रमुख सल्लाहकार डा एन्थोनी फाउचीले सङ्क्रमित वृद्धिको क्रमले लकडाउन खुलाउन नसुझाएको भन्दै फ्लोरिडाको त्यस्तो कदमको आलोचना गरेका थिए।

अमेरिकाभर पछिल्ला दिनमा दैनिक ६० हजार जति नयाँ सङ्क्रमितहरू थपिएका छन्। सङ्क्रमितहरू निरन्तर बढिरहेका अन्य राज्यहरूमा एरिजोना, क्यालिफोर्निया र टेक्सस रहेका छन्। बीबीसीबाट

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ३ : २४ बजे

यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्छु : राजन भट्टराई

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो : आयोग

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा

चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे कारबाही

काठमाडौं-फागुन २१ गतेको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आचारसंहिताको

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित