एन्फाले फुटबलको अभ्यास गर्न अनुमति मागेको पत्र किन सीसीएमसीमा रोकियो ? « Khabarhub

एन्फाले फुटबलको अभ्यास गर्न अनुमति मागेको पत्र किन सीसीएमसीमा रोकियो ?


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गर्न सरकारसँग अनुमतिका लागि पठाएको पत्र अहिले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रोकिएको छ ।

गएको शुक्रबारै एन्फाको पत्रबारे छलफल हुने बताइए पनि विदेशबाट आउने नागरिकहरुको संख्या कम नभएसम्मका लागि भन्दै यो विषयले प्रवेशै पाएन । तर, अब बस्ने सीसीएमसीको बैठकमा एन्फाको पत्रले प्रवेश पाउने समितिका सचिव महेन्द्र गुरागाईंले बताए ।

राष्ट्रिय फुटबल टोलीको अभ्यास चलिरहँदा कोरोना भाइरसको जोखिमकै कारण अभ्यास स्थगित गरिएको थियो । फागुन तेस्रो साताबाट एन्फाले राष्ट्रिय टोलीको अभ्यास सुरु गरेको थियो । तर, कोरोना भाइरसको जोखिमका कारण फागुन अन्तिमबाटै अभ्यास बन्द भयो ।

त्यसयता पछिल्लो ४ महिना खेलाडीहरु घरमा बन्दी जस्तै बसिरहेका छन्। यद्यपि खेलाडीहरु आफ्नो फिटनेसका लागि बिहान बेलुका अभ्यास गरिरहेको बताउँछन् ।

सीएमसीमा पत्र गएर बसिदिँदा एन्फा भने दबाबमा देखिएको छ । अक्टोबर ८ मा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गतको चाइनिज ताइपेइको खेले दशरथ रंगशालामा हुने तय भएको छ ।

तर, नेपालमा न कोरोना भाइरसको जोखिम कम भएको छ न त खेलाडीहरू अभ्यासमै फर्किन पाएका छन् । लामो समय घरमा बस्दा खेलाडीको प्रदर्शनमा ह्रास आएको खेल जानकारहरुको भनाई छ । त्यसैले पनि एन्फाले खेलाडीलाई अभ्यासमा फर्काउन ढिला गर्न नहुने फुटबल जानकार बताउँछन् ।

एन्फाले जुलाई दोस्रा हप्ता अर्थात् यहिँ हप्ताबाट अभ्यास सुरु गर्ने तयारीसहित सरकारसँग अनुमति माग्न पत्र पठाएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय हुँदै सीसीएमसी पुगेको पत्र स्वीकृत हुन अझै यो साता पुरा कुर्नु पर्ने देखिएको छ ।

‘अब आइतबार बस्ने सीसीएमसीको बैठकबाट अभ्यासका लागि स्वीकृति प्राप्त हुन्छ,’ राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले भने, ‘सीसीएमसीबाट स्वीकृति प्राप्त भएपनि अभ्यास सुरु गर्न ८ देखि १० दिनको समय लाग्छ ।’

सीसीएमसीबाट अनुमति पाएपछि एन्फाले अहिले ललितपुर महानगरपालिकाको क्वारेन्टाइनका रुपमा रहेको एन्फा होस्टलको सरसफाइ गर्ने, स्यानिटाइज गर्ने, खेलाडीले प्रयोग गर्ने साधनहरुको सेनिटाइज गर्ने, खेलाडीको पीसीआर परीक्षण लगायतका कुराहरुमा केही दिन लाग्ने उनले बताए ।

खेलाडीहरु समेत राजधानी बाहिर रहेकाले उनहरु काठमाडौं आउनै समय लाग्ने पनि उपाध्याय बताउँछन् ।

अहिले एन्फाले खेलाडीसहित ७० जनाको पीसीआर परीक्षणका लागि अनुमति मागेको छ ।

यस्तै, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन घर गएका छन् । उनी आउन भने अन्तर्राष्ट्रिय उडान खुला हुनुपर्नेछ । त्यतिन्जेल राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले टोली सम्हाल्नेछन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १ : १७ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ