ओझेलमा मोनोरेल सञ्चालन « Khabarhub

ओझेलमा मोनोरेल सञ्चालन


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय अहिले ओझेलमा परेको छ । काठमाडौँ महानगरपालिकाले रेल सञ्चालनसम्बन्धी योजनालाई अहिले नीति तथा कार्यक्रमबाट नै बाहिर पारेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको निर्वाचन समयमा मुख्य चुनावी नारा नै थियो काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चलन गर्ने विषय ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वले पनि नियमितरुपमा नीति तथा कार्यक्रममा समावेश गरी प्राथमिकतामा पारेको भएपनि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटबाट समेत यो योजनालाई हटाइएको छ ।

न त अहिलेसम्म निर्माणका लागि ठोस काम नै हुन सकेको छ । कमपाका निजी साझेदारी एकाइका प्रमुख ध्रुव काफ्ले नीति कार्यक्रममा समावेश नगर्दा नै काम नहुने होइन निजी कम्पनीले नै काम गर्ने भएकाले यसलाई समावेश नगरेको बताए ।

“कोरोना भाइरसका कारण अहिले काम रोकिएको हो । पहिलो चरणको अध्ययन तयार भइरहेको छ काम हुन्छ, तर अहिले रोकिएको हो”, प्रमुख काफ्लेले भने । काठमाडौँ उपत्यकामा कोरोनाको सन्त्रास हट्नेबित्तिकै नियमितरुपमा काम अघि बढ्ने उनले बताए ।

त्यसैगरी वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलका अनुसार उपत्यकाको यातायात व्यवस्थालाई थप व्यवस्थापनका लागि पनि मोनोरेल आवश्यक रहेको बताए । कोरोना महामारी अन्यसँगै मोनोरेल सञ्चालन कार्यलाई अघि बढाउनुपर्ने मन्त्री फुयाँलको भनाइ छ ।

कामपाका पूर्वप्रमुख केशव स्थापितको भनाइ भने अन्यकोभन्दा फरक रहेको छ । उनले भने, “नेपाली माटो सुहाउँदो नभएको र नेपाली जनताका लागि मोनोरेल आवश्यक नभएकाले मोनोरेल सञ्चालन कार्यविधिलाई नीति कार्यक्रमबाट हटाउनु राम्रो हो ।”

प्रमुख स्थापितले मोनोरेल शुरुमा सञ्चालन गर्न नै कठिन हुने भन्दै आवश्यकताअनुरुप दीगोरुपमा सञ्चालन गर्न सकिने प्रविधिको अनुशरण गर्न आवश्यक रहेको बताए ।

मोनोरेल सञ्चालन गर्न समस्या रहेको र काठमाडौँ उपत्यकामा नियमित जस्तो हुने जामको समस्या हटाउनका लागि साना र पुराना सवारीसाधनलई विस्थापित गर्दै ठूला सार्वजनिक सवारी साधनमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।

मोनोरेल काठमाडौँकै मात्रै होइन नेपालकै लागि नयाँ प्रविधि हो । चक्रपथमा गुडाउने योजनासहित अघि बढाइएको यो कामको नेतृत्व भने कामपाले लिएको थियो । कामपाले २०७५ साल पुस ४ गते चाइना रेल्वे २५औँ ब्युरो ग्रुप कम्पनीको ओभरसिज म्यानेजमेन्ट विभागका प्रमुख भ्यु ग्वाङ्विडसँग कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरिसकेका छन्।

हस्ताक्षर पत्रमा माटो परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, डिजाइन प्रविधि एवं निर्माण क्षमता, लागत अनुगमन, ट्राफिक व्यवस्थापनको अनुगमन जस्ता विषयको अध्ययन गर्ने कुरा समेटिएको थियो ।

चक्रपथको २८ किलोमिटरमा बन्ने भनिएको मोनोरेल दुई लेनमा गुडाउने योजना कामपाको थियो । मोनोरेलको ट्र्याकमा आठ वटा पुल बनाउने पनि योजनामा समावेश छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ५८ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ