सिसुवा पहिरामा बेपत्ता ११ को खोजी जारी « Khabarhub

सिसुवा पहिरामा बेपत्ता ११ को खोजी जारी


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिलिचोङ गाउँपालिका– १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ ।

पहिरोमा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा लागेका छन् । लगातार पानी परिरहेकाले हराइरहेका फेला परेका छैनन् । आज बिहानैदेखि खोजी शुरु गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

विकट र भिरालो जमिन भएकाले बेपत्ताको खोजीमा समस्या छ । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएको स्थानीय बासिन्दाले बताए । प्रहरी, सशस्त्र र सेनाले ७८ घरका ३४९ जनालाई चित्रे गाउँमा सारेका छन् । पहिरामा परेर ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान, हस्तकुमारी, छोरी एञ्जीला र नम्रता राई हराइरहेका छन् । एञ्जीला गर्भवती थिइन् ।

अर्का जुद्धबहादुर माने(राई) र श्रीमती उत्तरकुमारी पनि बेपत्ता छन् । नजमाया, हर्कराज, आइतमाया राई पनि बेपत्ता छन् । पहिराले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दीप, भीमबहादुर, शीवधन गोवासिंह र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ हिँडिसकेका छन् । खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेना ३० गरी ६० जनाको टोली घटनास्थल गएका हुन् ।

दिनभरि झरी परेको र हुस्सु लागेका कारण तयारी अवस्थामा राखिएको हेलिकप्टर उद्धारका लागि ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : ४५ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।