पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन « Khabarhub

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको समयमा सङ्घीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्ट केही वर्षयता बिग्रिएर थन्किएको थियो । 

अहिले प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभावको समस्या समाधान हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल, भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।

जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पतालका साथै सबै बिरामीलाई सजिलो भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले बताइन् । 

प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने उनले विश्वास व्यक्त गरिन्  

जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । प्लान्टमा अक्सिजन सिलिण्डर सानोको रु तीन सय ५० र ठूलाको रु छ सय ५० सम्ममा खरिदबिक्री हुँदै आएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिए ।

जिल्लामा अक्सिजन उत्पादन हुँदा यहाँका अस्पतालहरूको ढुवानी खर्च र समयको बचत समेत हुने उनको भनाइ छ ।

पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दो बनाउन अक्सिजन प्लान्ट महत्त्वपूर्ण रहेको समितिका अध्यक्ष कर्माचार्यले बताए । उनले भने, ‘अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

अक्सिजन प्लान्ट सञ्चालन भएसँगै अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र पौडेलले बताए ।

सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले विसं २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । 

सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।

प्लान्टका लागि अस्पताल नजिकै २६ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यसयता बन्द भएपछि दीर्घरोगीहरूमर्कामा पर्दै आएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ०८ बजे

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।