पुरानै भाडादरमा भोलिदेखि सुन्दर यातायात चल्ने « Khabarhub

पुरानै भाडादरमा भोलिदेखि सुन्दर यातायात चल्ने


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्‍चालन गर्ने भएको छ।

यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्‍येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार गराइनेछ। यसका साथै सम्पूर्ण सुरक्षाको जिम्‍मेवारी लिँदै यात्रुलाई सेनिटाइजर, मास्क उपलब्ध गराउनेछ।’

यसका साथै हरेक एक राउण्डमा बसलाई डिसइन्फेक्शन गरिनछ भने चालक र सह-चालकलाई छुट्टै पञ्‍जा, सेनिटाइजर, पीपीइ, बुट र मास्क उपलब्‍ध गराउने यातायात प्रालिले जनाएको छ।

यसका साथै सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइकन पुरानै भाडादरमा यात्रा गराउने सुन्दर यातायातले जनाएको छ। यसअघि सोमबारदेखि मयुर यातायातले पनि चार वटा बस काठमाडौं उपत्यकामा सञ्‍चालनमा ल्‍याइसकेको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : २५ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी