भानु जयन्तीका अवसरमा १३ स्रष्टा सम्मानित « Khabarhub

भानु जयन्तीका अवसरमा १३ स्रष्टा सम्मानित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषासाहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन्।

एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन्। उनले सम्मानबापत प्राप्त गरेको रकममध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार रुपैयाँ कोरोना उपचार कोषलाई हस्तान्तरण गरे।

ललितकलातर्फ अनुराधा थापा (मोरङ), साहित्यतर्फ उमानाथ घिमिरे ‘सागर’(धनकुटा), कविराज पोखरेल (मोरङ) र मुनाराज शेर्मा (झापा) सम्मानित भएका छन्।

यस्तै पञ्चकुमारी परियार (खोटाङ), प्रेम ओझा (पाँचथर), शिवनारायण पण्डित ‘सिंगल’ (सुनसरी), साहित्य र कलातर्फ डीबी किराँती (सोलु) सम्मानित भए।

सम्मानित हुने अन्य स्रष्टामा रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रकर्मीतर्फ केशव रायमाझी (मोरङ), नृत्यकलातर्फ माया पौडेल (मोरङ), गीतसंगीततर्फ वीरध्वज शिवा (मोरङ) छन्।

स्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, स्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए।

उनीहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ। सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई गत वर्षदेखि सम्मान सुरु गरेको हो।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ११ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा