ओलीले ५ वर्ष सरकार चलाए नेकपा सकिन्छ : नेता खनाल « Khabarhub

ओलीले ५ वर्ष सरकार चलाए नेकपा सकिन्छ : नेता खनाल


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताएका छन् ।

सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताए ।

उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन। सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’

नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको आरोप लगाए ।

उनले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : २८ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी