लकडाउनको तीन महिनामा मानव अधिकार हननका हजारभन्दा बढी घटना « Khabarhub

लकडाउनको तीन महिनामा मानव अधिकार हननका हजारभन्दा बढी घटना


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार सम्बन्धी गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लकडाउनको अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक नभएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

लकडाउनको तीन महिनामा भएका मानव अधिकार उल्लंघनका विभिन्न विषय तथा घटनाहरूबारे प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस अवधिमा मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व हुने भए पनि राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको जनाएको छ ।

इन्सेकले क्वारेन्टिनको व्यवस्था, भारतबाट आएका नेपालीहरूमाथि गरिएको व्यवहार, स्वास्थ्य उपचारमा भएको गतिविधि लगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । यसैगरी, महिला तथा बालबालिकामाथि भएका दुर्व्यवहार तथा हिंसाका घटनाहरू पनि प्रतिवेदनमा समेटिएका छन् ।

लकडाउनको तीन महिनामा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार ११९ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अभिलिखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएको जनाइएको छ । उक्त अवधिमा ११ जनामाथि अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, ११२ जना घाइते भएको, १०२ जनालाई कुटपिट गरिएको कुरा प्रतिवेदमा जनाइएको छ ।

यसैगरी ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, २ जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाली समाजमा भएको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, चेतनास्तर, साक्षरतामा भएको वृद्धि आदि कारणले महिलाप्रतिको दृष्टिकोणमा भने केही सकारात्मक परिवर्तन आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मानव अधिकार रक्षक मूलतः स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन इन्सेकले माग गरेको छ । महिला तथा बालबालिकामाथि भएको ज्यादतीका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ ।

यस्तो छ इन्सेकले जारी गरेको प्रतिवेदन

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ