लमजुङमा १०९ घरपरिवार विस्थापित « Khabarhub

लमजुङमा १०९ घरपरिवार विस्थापित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लगातारको वर्षासँगै गएको पहिरोका कारण लमजुङमा पहिराले १०९ घर विस्थापित भएका छन् ।

केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले आज बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा उक्त संख्यामा विस्थापित भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो नगरपालिकाको वडा नं. ६ रानीपानी गाउँका ३१, लामासोतीका २७, रातामातेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घर विस्थापित भएका छन् ।

त्यस्तै, वडा नं. ३ सूर्यपालका पाँच, वडा नं. २ प्रजालुटारका तीन घर, वडा नं.४ चर्दीमा एक घर र वडा नं. १ खवास गाउँमा एक घर विस्थापित भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

विस्थापित परिवारलाई प्रहरी र स्थानीयले मिलेर सुरक्षित स्थानमा राखेको छ । विस्थापितमध्येलाई इशानेश्वर माध्यमिक विद्यालय, आफन्तको घर र अन्यत्र सुरक्षित तरिकाले राखिएको छ ।

यस वर्षकै हालसम्म सबैभन्दा बढी घर विस्थापित सो नगरपालिकामा भएको प्रहरीको भनाइ छ । पहिराले मानविय क्षति भने हुन नपाएको प्रहरी निरीक्षक पुनले बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : २५ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र