विश्वमै पहिलो पटक बनाइएको कोरोना भ्याक्सिनको विश्वसनियतामा शंका गरिएपछि रूसले गर्‍यो खण्डन « Khabarhub

विश्वमै पहिलो पटक बनाइएको कोरोना भ्याक्सिनको विश्वसनियतामा शंका गरिएपछि रूसले गर्‍यो खण्डन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भइरहेका बेला त्यसमा गरिएको आशंकाको रूसले खण्डन गरेको हो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न मुलुकहरुले भ्याक्सिनको मागसमेत गरिसकेका छन् ।

रूसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमासमेत प्रयोग गरिएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोनाविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् ।

उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विज्ञहरुले भने रूसको उक्त दाबीमाथि शंका गर्दै आइरहेका छन् । विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रूसको दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् ।

बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’

उनका अनुसार अबको २ महिनामा चिकित्सकहरूमा पनि खोप लगाउन शुरू गरिनेछ । रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ ।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा खोपमा रूसले तयार पारेको भनेर दाबी गरेको खोप नपरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ६ : ४१ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले